YouVersion लोगो
खोज आइकन

प्रेरित 16:16-24

प्रेरित 16:16-24 NCV

एक दिन जब हामी प्रार्थना स्थलतिर गइरहेका थियौँ, तब हामीले एउटी कमारी केटीलाई भेट्यौँ, जससँग जोखना हेर्ने दुष्‍ट आत्मा थियो। जोखना हेरेर नै त्यस केटीले आफ्ना मालिकहरूका निम्ति ठूलो कमाइ ल्याएर दिने गर्थी। त्यो केटी पावल र हाम्रो पछि-पछि लाग्दै यसो भन्दै कराई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्। यिनीहरूले तपाईंहरूको उद्धारको बाटो बताइरहेका छन्।” धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही। यस कुराले पावललाई दिक्‍क गरायो; यसैले फनक्‍क फर्केर तिनले त्यस दुष्‍ट आत्मालाई भने, “येशू ख्रीष्‍टको नाममा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यही क्षण त्यो दुष्‍ट आत्माले त्यसलाई छोडिदियो। जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे। अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्‍चाउँदै छन्। यिनीहरू हामी रोमीहरूले स्वीकार गर्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।” तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए। तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए। यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके।

प्रेरित 16 पढ्नुहोस्

Video for प्रेरित 16:16-24