त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के। ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।” पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए। त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए। अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए। अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए। त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे। त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।
प्रेरित 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 14:21-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू