यसकारण पत्रुसलाई झ्यालखानामा राखियो; तर मण्डली उनका निम्ति परमेश्वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो। हेरोदले उनको न्याय गर्ने अघिल्लो रातमा, पत्रुस दुईओटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए। अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे, र त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए। त्यसपछि त्यो स्वर्गदूतले उनलाई भने, “तिम्रो चप्पल र लुगाहरू लगाऊ!” अनि पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” भनी दूतले उनलाई भने। पत्रुस झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए, त्यो स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने। तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर शहरतिर जाने फलामे ढोकामा आइपुगे। तिनीहरूका निम्ति यो ढोका आफै खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए। त्यसपछि पत्रुस होशमा आएपछि भने, “अब मलाई पक्का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।” यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने, यूहन्नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए। पत्रुसले बाहिरी ढोकामा ढक्ढक्याए, र रोदा नाउँ गरेकी एउटी सेविका ढोकामा आएर जवाफ फर्काइन्। जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्। तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्चै नै हो भनेर दृढ भइरही। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छ भनी ठाने।” तर पत्रुसले ढोका ढक्ढक्याइरहे; र जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तिनीहरू आश्चर्य चकित भए।
प्रेरित 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 12:5-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू