त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा शहरको नजिकै पुगिरहेका थिए, पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए। उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए। अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्नाजस्तो कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको देखे। यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए, पत्रुस उठ! तिनीहरूलाई मारेर खाऊ।” तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरो कहिल्यै खाएको छैनँ।” त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।” अनि तीनपल्टसम्म त्यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो। त्यस दृष्यको अर्थ के हुन सक्छ भनी यस बारेमा पत्रुस घोरिइरहेकै समयमा कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर पत्तो लगाई उनको ढोकामा आइपुगे। पत्रुसका नामले चिनिने सिमोन यसै घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे। पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्। त्यसैले उठ र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।”
प्रेरित 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:9-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू