प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, विश्वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्वरलाई भन्दा सुख-विलासलाई रुचाउने, भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू। यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्। यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्। जसरी यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्ट भएको हुन्छ, र विश्वासमा साँचो हुँदैनन्। तर यान्नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।
2 तिमोथी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 तिमोथी 3:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू