YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 11:23-28

2 कोरिन्थी 11:23-28 NCV

के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म ता झन् बढी हुँ (म पागलझैं बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, अनि बारम्बार मृत्युको मुखमा परेको छु। पाँचपल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। तीनपल्ट म लौरोले पिटिएको छु; एकपल्ट ढुङ्गाले हानिएको छु, तीनपल्ट जहाज डुब्ने दुर्घटनामा परेको छु; मैले एक रात एक दिन खुला समुद्रमा बिताएको छु। म लगातार यात्रामा अघि बढिरहेको छु। म नदीहरूको जोखिममा परें, डाँकूहरूको जोखिममा, आफ्नै देशवासीहरूको जोखिममा, गैरयहूदीहरूको जोखिममा, शहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा अनि झूटा भाइहरूको जोखिममा परेको छु। मैले कठोर परिश्रम गरेको छु; म नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, अनि धेरैपल्ट नखाई बसेको छु; मैले जाडो भोगेको छु र प्रशस्त कपडाविना बसेको छु। यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु।

2 कोरिन्थी 11 पढ्नुहोस्