हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर अनि पितालाई प्रशंसा होस्, जो करुणाका पिता, अनि सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ, जसले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौं। किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौं, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। यदि हामी यातनामा पर्छौं भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो, यदि हामीले सान्त्वना पाउँछौं भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका तिनै कष्टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्न गराउँछ। अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ, किनकि जसरी तिमीहरू हाम्रा कष्टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौं।
2 कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 कोरिन्थी 1:3-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू