मलाई यस विषयमा निश्चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ। म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ। के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र? तर निश्चय नै परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन। म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्वरको पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथ्यो। तर उहाँमा सदा “हो” नै छ। किनकि परमेश्वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ। अब परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्ने पक्का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।
2 कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 कोरिन्थी 1:15-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू