त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए। सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए। तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो; अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्वरको मन्दिर याहवेहको महिमाले भरियो।
2 इतिहास 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 इतिहास 5:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू