YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 2:1-12

1 थेसलोनिकी 2:1-12 NCV

दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूसँगको हाम्रो भेटघाट भएको व्यर्थ भएन भनी तिमीहरू आफै जान्दछौ। तिमीहरूलाई थाहै छ, कि हामीले फिलिप्पीमा कष्‍ट भोगेर नराम्रोसँग अपमानित हुनुपरेको थियो, तर परमेश्‍वरको सहायताले घोर विरोध हुँदाहुदै पनि हामीले तिमीहरूलाई सुसमाचार साहससाथ प्रचार गर्‍यौं। किनकि हाम्रो अर्तीउपदेश छल वा अशुद्ध विचारबाट उब्जिएका होइनन्, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौं। तर परमेश्‍वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैं हामी बोल्दछौं। हामी मानिसहरूलाई प्रसन्‍न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्‍वरलाई प्रसन्‍न पार्न कोसिस गर्दछौं। तिमीहरूलाई थाहै छ, कि हामीले कहिल्यै चापलूसी गरेनौं। परमेश्‍वर हाम्रो साक्षी हुनुहुन्छ—हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौं। हामीले न त मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्‍यौं। त्यसो त हामी ख्रीष्‍टका प्रेरितहरू भएको कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौं। तर आफ्ना साना बालबालिकाहरूको हेरचाह गर्ने आमाझैं, तिमीहरूका बीचमा हामी कोमल भयौं। यसरी हामी तिमीहरूलाई वास्ता गर्छौं; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्‍यौं; यसैले तिमीहरूसँग परमेश्‍वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौं। किनकि दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचार गरिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्‍यौं भन्‍ने कुरा निश्‍चय नै तिमीहरूलाई थाहा छ। तिमीहरू र परमेश्‍वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्‍वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो। किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैं हामीले तिमीहरूसँग व्यवहार गर्‍यौं; ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्‍वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।

1 थेसलोनिकी 2 पढ्नुहोस्