भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ। हामीले अघिबाटै फिलिप्पीमा कष्ट भोग्यौं र अपमानित भयौं भन्ने कुरा तिमीहरूलाई थाहा छ, तर घोर विरोध छँदाछँदै पनि परमेश्वरको सुसमाचार प्रचार गर्न हामीलाई परमेश्वरमा साहस मिलेको थियो। किनकि हाम्रो अर्ती-उपदेश भूल वा अशुद्धताबाट उब्जेको होइन, न त यो छलकपटले भएको हो; तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, त्यसरी नै मानिसलाई प्रसन्न पार्न होइन, तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौं। तिमीहरूलाई थाहै छ कि हामीले कहिल्यै खुशामदीका कुरा गरेनौं, न हामी लालचको बहानामा फस्यौं। यसको साक्षी परमेश्वर हुनुहुन्छ। ख्रीष्टका प्रेरित भएका नाताले हामीले तिमीहरूमाथि अधिकार चलाउन सक्थ्यौं। तापनि हामीले मानिसहरूबाट आदर खोजेनौं, न त तिमीहरूबाट, न अरू कसैबाट। आफ्ना बालकहरूलाई स्याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं। यसैले स्नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्वरको सुसमाचार मात्र होइन, तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिनु तत्पर थियौं, किनकि तिमीहरू हाम्रा निम्ति अति प्रिय भएका थियौ। किनभने भाइ हो, हाम्रो कष्ट र मेहनतको सम्झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्यौं। तिमीहरू साक्षी छौ, र परमेश्वर पनि, कि तिमी विश्वासीहरूका अगि कसरी हाम्रो व्यवहार पवित्र, धार्मिक र निष्खोट थियो। किनकि तिमीहरूलाई थाहै छ, बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तै गरी हामीले तिमीहरू प्रत्येकलाई कसरी अर्ती-उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई आदेश दियौं, यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
१ थेसलोनिकी 2 पढ्नुहोस्
सुन्नुहोस् १ थेसलोनिकी 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ थेसलोनिकी 2:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू