YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 1

1
1पावल, सिलास र तिमोथीबाट,
परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूका मण्डलीलाई:
तिमीहरूलाई अनुग्रह र शान्ति।
थेसलोनिकीहरूका विश्‍वासको लागि धन्यवाद ज्ञापन
2हामी तिमीहरू सबैका लागि परमेश्‍वरलाई सधैं धन्यवाद चढाउँछौं, र हाम्रा प्रार्थनाहरूमा पनि निरन्तर याद गर्दछौं। 3हाम्रा परमेश्‍वर र पिताको सामु तिमीहरूको विश्‍वासद्वारा उत्पन्‍न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्‍टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौं।
4दाजुभाइ-दिदीबहिनीहरू, परमेश्‍वरले प्रेम गर्नुभएकाहरूहो, तिमीहरूलाई परमेश्‍वरले चुन्‍नुभएको छ भनी हामी जान्दछौं। 5किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्‍तिको साथ, पवित्र आत्मामा अनि दृढ निश्‍चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ। 6तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्नेहरू भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्‍टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्‍यौ। 7यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्‍वासीहरूका लागि नमुना बनेका छौ। 8तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्‍वरप्रति भएको तिमीहरूको विश्‍वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्‍नु आवश्यक छैन। 9किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्‍यौ, अनि तिमीहरूले मूर्तिहरूलाई छोडेर कसरी जिउँदो र सत्य परमेश्‍वरको सेवा गर्नलाई परमेश्‍वरतिर फर्क्यौ भनी तिनीहरू आफै भन्छन्। 10अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

1 थेसलोनिकी 1: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्