यसकारण शाऊलले सारा इस्राएलबाट तीन हजार बलिया मानिसहरूलाई लिए; अनि दावीद र तिनका मानिसहरूलाई खोज्न जङ्गली घोरल-चट्टानको छेउतिर गए। तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए। ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे। तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो। तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।”
1 शमूएल 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 शमूएल 24:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू