YouVersion लोगो
खोज आइकन

शमूएलको पहिलो पुस्तक 24:2-6

शमूएलको पहिलो पुस्तक 24:2-6 NERV

सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे। शाऊल बाटो छेउको भेंडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैंलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए। मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नुभएको दिन होइन? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।’” त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए। पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन् र मैले त्यसो नगरको भए हुने थियो।”