जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिनेको हुँदैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो। पुत्रद्वारा हामी जिउन सकौं भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो। प्रिय मित्रहरूहो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एउटाले अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एउटाले अर्कालाई प्रेम गर्यौं भने, परमेश्वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। हामी उहाँमा जिउँछौं, अनि उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौं; किनकि उहाँले हामीलाई आफ्ना आत्मा दिनुभएको छ। अनि हामीले देखेका छौं र साक्षी दिन्छौं, पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ। कुनै पनि व्यक्तिले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने, परमेश्वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्वरमा। अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौं र त्यसैमा भर पर्दछौं। परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ। यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौं। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन। हामी उहाँलाई प्रेम गर्छौं, किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
1 यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 यूहन्ना 4:8-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू