संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो। अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ। हे प्यारा बालकहरू हो, यो नै आखिरी घडी हो; अनि ख्रीष्ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैँ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौँ। तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्ने कुरा प्रकट गर्दछ। तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
1 यूहन्ना 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 यूहन्ना 2:15-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू