YouVersion लोगो
खोज आइकन

1 यूहन्‍ना 1:4-10

1 यूहन्‍ना 1:4-10 NCV

त्यसैले हामी यो कुरा हाम्रो आनन्दपूर्ण होस् भनेर लेख्दछौं। यही सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं; त्यो यही हो, परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कति पनि अँध्यारो छँदैछैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौं, र पनि अन्धकारमा नै हिँड्छौं भने ता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौं भने ता, एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौं भने हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी दाबी गर्छौं भने हामीले उहाँलाई झूटा तुल्याउँछौं र हाम्रो जीवनमा उहाँको वचन रहँदैन।

1 यूहन्‍ना 1 पढ्नुहोस्