हामीले जे देखेका र सुनेका छौँ, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौँ, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। त्यसैले हामी यो कुरा हाम्रो आनन्द पूर्ण होस् भनेर लेख्दछौँ। यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
1 यूहन्ना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 यूहन्ना 1:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू