के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्। यसै प्रकारले सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्वरले आज्ञा गर्नुभएको छ। तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्ने आशाले मैले यी कुराहरू लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्ने अनुमति दिनुभन्दा बरु मेरा निम्ति मर्न असल हुनेछ। किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन; किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्कार छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने! यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु। त्यसो भए मेरो इनाम के हो त? यही नै हो कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैँमा प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचारकको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्न नपरोस्। म कुनै मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकूँ भनेर मैले आफूलाई हरेक व्यक्तिको सेवक तुल्याएको छु। यहूदीहरूलाई जित्न म यहूदीझैँ भइदिएँ; व्यवस्थाको अधीनमा रहेकाहरूलाई जित्नलाई म व्यवस्थाको अधीनमा रहेकाहरूझैँ भइदिएँ। व्यवस्थाका अधीनमा नभएकाहरूलाई जित्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नरहेको झैँ भइदिएँ। यद्यपि म परमेश्वरको व्यवस्थाबाट स्वतन्त्र छैनँ, तर ख्रीष्टको व्यवस्थाको अधीनमा छु, ताकि तिनीहरूलाई जित्न सकूँ, जो व्यवस्थाको अधीनमा छैनन्। कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूका लागि म कमजोर झैँ भइदिएँ। म सबैको निम्ति सबै थोक भइदिएँ; ताकि हर प्रयासद्वारा कसै न कसैलाई बचाउन सकूँ। म यी सबै कुरा सुसमाचारकै खातिर गर्दछु, ताकि म यस सुसमाचारको आशिष्मा सहभागी बनूँ। दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड। हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ। यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ। तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
1 कोरिन्थी 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 9:13-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू