के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा काम गर्नेले मन्दिरमै खान पाउँछ। बलि-वेदीमा काम गर्नेले बलि-वेदीबाटै आफ्नो भाग पाउँछ। यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाटै खान-लाउन पाओस् भन्ने प्रभुको आज्ञा छ। तर मैले कुनै हक लिएको छैनँ। अहिले यो पत्र लेखेर पनि हक पाउन चाहेको होइनँ। यसो गर्नुभन्दा ता बरु म मर्नु निको मान्छु। कसैले मेरो यस घमण्डलाई खोक्रो भन्नै सक्दैन। मैले सुसमाचार सुनाउँदा मलाई घमण्ड गर्ने हक छैनँ किनभने यो मैले सुनाउनैपर्छ। मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार होस्। मैले यो काम आफैंले रोजेको भए यसबाट म केही पाउने आशा राख्थें। तर म यो कामलाई मेरो कर्तव्य सम्झेर गर्दै छु। परमेश्वरले नै यो कामको जिम्मा दिनुभएकोले मैले गरें। त्यसो भए मेरो तलबचाहिँ के हो त? हकअनुसार पाइने कुनै पैसा नलिई सित्तैंमा सुसमाचार प्रचार गर्न पाउनु नै मेरो तलब हो। म कसैको कमारो होइनँ, तैपनि धेरैलाई ख्रीष्टमा विश्वास गराउन म सबैको कमारोझैँ भएको छु। यहूदीहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर म यहूदीजस्तै भएँ। मोशाले दिएका व्यवस्था मान्नेहरूका माझमा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर मैले पनि त्यही व्यवस्था मानें। व्यवस्था नहुने अरू जातिका मानिसका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर व्यवस्था नहुनेजस्तो भएँ। यसको मतलब परमेश्वरको व्यवस्था म मान्दिनँ भनेको होइनँ, तर म त ख्रीष्टको व्यवस्था मान्दछु। कमजोरहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर म कमजोर भएँ। यसरी म सबै मानिसको माझमा हरतरहले सबैले ख्रीष्टमा जीवन पाऊन् भनेर सबै थोक भएँ। सुसमाचारको खातिर नै म यी सब गर्दै छु र यसबाट पाउने आशीर्वाद पनि म पाउँछु भनी आशा राख्छु। साँच्चै तिमीहरूलाई थाहा छ। दौडमा सबै दौडन्छन्, तर पहिलो पुरस्कार पाउने एउटै हुन्छ। त्यसै गरी तिमीहरू पनि पुरस्कार पाइछाड्छु भनी दौड। दौडमा भाग लिनेहरू जिउ सधाउन सबै किसिमले अभ्यास गर्छन्। तिनीहरूले त ओइलाएर जाने माला पाउन त्यसो गर्छन्, तर हामीचाहिँ सधैँभरि रहने मुकुटको लागि गर्छौं। त्यसैले त म निशाना ताकेर दगुर्छु। म हावामा मुक्का हान्दिनँ। तर म मेरो शरीरलाई क्रूसमा राखेर तह लगाउँछु, नत्रता अरूलाई प्रचार गर्दा आफैंचाहिँ अयोग्य ठहरिन्छु।
१ कोरिन्थी 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 9:13-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू