कसले तिमीलाई अरूभन्दा श्रेष्ठ तुल्यायो? तिमीसँग परमेश्वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्वरले दिनुभएको हो भने केही पनि नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ? तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ! किनकि मलाई यस्तो लाग्छ, परमेश्वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ। हामी ख्रीष्टका निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलवान् छौ! तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान। अहिले पनि हामी भोकाएका र तिर्खाएका छौँ, हामी झुत्रे-झाम्रे छौँ, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ। हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ। जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ। मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु।
1 कोरिन्थी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 4:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू