त्यसो हो भने, अपोल्लोस को हुन्? अनि पावल को हुन्? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचार विश्वास गर्यौ, प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्यौं। मैले बीउ रोपें, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले नै त्यसलाई बढाउनुभएको हो। यसकारण न रोप्ने केही हो, न ता पानी हाल्ने केही हो, तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौं; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ। परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एकजना सिपालु मिस्त्रीलेझैं एउटा जग बसालेको छु, र अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउनुपर्छ। तर बसालिएको जगबाहेक अर्को कुनै जग कसैले बसाल्न सक्दैन, स्वयम् येशू ख्रीष्ट बसालिएको जग त्यो जग हुनुहुन्छ।
1 कोरिन्थी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 3:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू