YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 15:20-24

1 कोरिन्थी 15:20-24 NCV

तर वास्तवमै ख्रीष्‍ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो। किनकि मृत्यु एकजना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनर्जीवन पनि एकैजना मानिसद्वारा आउँछ। जसरी आदमद्वारा सबै मरे, त्यसरी नै ख्रीष्‍टद्वारा सबैलाई जीवित पारिनेछ। तर हरेक आफ्नो क्रमानुसार: ख्रीष्‍ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू जति सबै जीवित पारिनेछन्। त्यसपछि अन्त्य आउनेछ; जब उहाँले दुष्‍टका सबै शासन, अधिकार र शक्‍तिलाई नाश गरेर आफ्ना पिता परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ।

1 कोरिन्थी 15 पढ्नुहोस्

1 कोरिन्थी 15:20-24 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति