तर यदि मरेकाहरूबाट ख्रीष्ट पुनर्जीवित हुनुभयो भन्ने प्रचार भएको छ भने, तिमीहरू कतिले कसरी मरेकाहरू पुनर्जीवित हुँदैनन् भन्छौ? यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ख्रीष्ट पनि पुनर्जीवित हुनुभएको होइन। अनि यदि ख्रीष्ट पुनर्जीवित हुनुभएको होइन भने ता, हाम्रो प्रचार र तिमीहरूको विश्वास पनि व्यर्थ हो। त्योभन्दा बढी हामी परमेश्वरका झूटा साक्षीहरू ठहरिनेछौं, किनकि हामीले परमेश्वरले ख्रीष्टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्ने गवाही दिएका छौं। तर यदि उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्। किनकि यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ता ख्रीष्ट पनि पुनर्जीवित हुनुभएको छैन। अनि यदि ख्रीष्ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापहरूमै छौ।
1 कोरिन्थी 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 15:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू