बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? किनकि परमेश्वरको ज्ञानअनुसार संसारले आफ्नो बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेकाले, प्रचार गरिएको सुसमाचारको मूर्खताद्वारा उहाँमाथि विश्वास गर्नेहरूलाई उद्धार गर्न परमेश्वरलाई असल लाग्यो। यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्। तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो। तर परमेश्वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्ट परमेश्वरको शक्ति र परमेश्वरको बुद्धि हुनुहुन्छ। किनकि परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।
1 कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 1:20-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू