YouVersion लोगो
खोज आइकन

सुलेमानको श्रेष्ठगीत 3

3
संगीहरूसँग स्त्री
1राती मेरो ओछ्यानमा,
म आफूले माया गरेको मानिस खोज्छु।
मैले उसलाई खोजें,
तर उसलाई पाउन सकिनँ।
2अब म उठ्छु,
म शहर वरीपरी घुम्छु।
म मेरा प्रेमीलाई शहरको गल्ली,
र कुना कुनामा खोज्छु।
मैले शहरका पालेहरूलाई भेटें,
तर मैले उहाँलाई पाउँनु सकिनँ।
3मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे,
मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
4जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ,
तब मैले मेरा प्रेमीलाई भेटें,
मैले उहाँलाई समातें,
र उहाँलाई मेरी आमाको घरमा लगें,
अर्थात ती नारीको कोठामा,
जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
ऊ स्त्रीहरूसँग बोल्छे
5हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर।
हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ
कि म तयार नभए सम्म तिमीले,
आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।
यरूशलेमका स्त्रीहरू बोल्छन्
6यी नारी को हुन् जो धेरै मानिसहरू सित,
मरुभूमिबाट आइरहेकी छिन्?
तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ,
मानौं कि त्यो धूवाँको बादल हो,
जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप,
अथवा सुगन्धित मसला बाट निस्कन्छ।
7सुलेमानको सवारी हेर!
इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले
त्यो पालकी रक्षा गरिरहेका छन्।
8तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्,
रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न
तिनीहरू तत्पर छन्।
9राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए।
तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
10त्यसका खम्बाहरू चाँदीले बनिएको छ,
आधारहरू सुनको बनाएका छन्
आसन बैजनी रंगका लुगाले ढाकिएको छ।
त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।
11सियोनकी तरूणीहरू हो,
बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर,
त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्,
जुन दिन उनको विवाह भएको थियो।
त्यो दिन उनी अत्यन्तै खुशी थिए।

अहिले सेलेक्ट गरिएको:

सुलेमानको श्रेष्ठगीत 3: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्