मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति। तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें। तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो। ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन। हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँच्चो मानिस छन्। अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँच्चो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।” यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए। परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।” अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।” केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो। जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।” यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन। परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।” यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन।
रोमीहरूलाई पावलको पत्र 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमीहरूलाई पावलको पत्र 9:2-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू