रोमीहरूलाई पावलको पत्र 15:9-13

रोमीहरूलाई पावलको पत्र 15:9-13 NERV

ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।” धर्मशास्त्रले यसो पनि भन्छ, “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।” अनि फेरि त्यसले भन्छः “तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर। सबैले उहाँको प्रशंसा गर्नुपर्छ।” अनि यशैयाले भनेका छन्, “एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।” तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।