ख्रीष्ट येशूको सेवक पावलबाट, अभिवादन! परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ। परमेश्वरले धेरै पहिले नै आफ्ना अगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ। सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो। ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु। अनि रोममा भएका मानिसहरूलाई पनि येशू ख्रीष्ट कै परिवार बन्नु भनेर बोलाईयो। यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्। प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्। म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु। मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू। यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु। म सुसमाचारसँग शर्माउँनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ। सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ ऊ अनन्त सम्म बाँच्नेछ।”
रोमीहरूलाई पावलको पत्र 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमीहरूलाई पावलको पत्र 1:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू