YouVersion लोगो
खोज आइकन

यूहन्नालाई भएको प्रकाश 21:9-27

यूहन्नालाई भएको प्रकाश 21:9-27 NERV

सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरूलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।” ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो। यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो। त्यो नगरमा बाह्र ढोकाहरूसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरू थिए। प्रत्येक ढोकामा इस्राएलीहरूका बाह्र वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो। पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरू थिए। नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरूमा भेंडा़को पाठाको बाह्र-प्रेरितहरूको नाउँ लेखिएको थियो। त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरू नाप्नको लागि थियो। त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्वाई र चौंडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो। स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गदूतले चलाए। पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो। त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम, तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरू थिए। बाह्र ढोकाहरू बाह्र मोतीहरू थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो। मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो। नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंड़ाको पाठा नगरको बत्ती हो। संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्। नगरको ढोकाहरू कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन। राष्ट्रहरूका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ। नगरमा अस्वच्छ वस्तुहरू कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नाउँ भेंडा़का पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।