उफ! यी नै मानिसहरूले मरुभूमिमा परमेश्वरलाई खुब कष्ट दिए! तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे! घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे। तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए। ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से। तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले। परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो। जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्। परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो, जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो। परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो। परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम बर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो। परमेश्वरले अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो र चट्याङ्गले गाई-वस्तुहरू मारिदिनु भयो। परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो। उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो। परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो। उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन, डरालाग्दो बिमारका कारणले तिनीहरूलाई मर्न लगाउनु भयो। परमेश्वरले मिश्रवासीहरूका प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हामको पहिले जन्मने सन्तानलाई मार्नुभयो। त्यसपछि परमेश्वरले इस्राएललाई गोठालोले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरुभूमिमा भेंडा झैं डोर्याउनु भयो। उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो। उहाँका मानिसहरू डराउने कुनै कामै थिएन। परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:40-53
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू