कति पल्ट तिनीहरू मरुभूमिमा उहाँको विरुद्ध विद्रोही भए, र उजाड-स्थानमा उहाँलाई दु:खित तुल्याए। तिनीहरूले घरीघरी उहाँको परीक्षा गरे, र इस्राएलका परमपवित्रलाई क्रुद्ध तुल्याए तिनीहरूले उहाँको शक्तिलाई स्मरण गरेनन्, त्यस दिनको पनि सम्झना गरेनन्, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्याचारीहरूबाट छुटकारा दिनुभयो, जुन दिन उहाँले मिश्रदेशमा आफ्ना चिन्ह देखाउनुभयो, र सोअनको मैदानमा आश्चर्यकर्महरू गर्नुभयो। उहाँले तिनीहरूका नदीहरू रगतमा परिणत गरिदिनुभयो, र तिनीहरूले नदीको पानी पिउन सकेनन्। उहाँले तिनीहरूका बीचमा झीँगाहरू पठाउनुभयो, जसले तिनीहरूलाई टोके, र भ्यागुताहरू, जसले तिनीहरूलाई उजाड पारे। उहाँले तिनीहरूका फसल फटेंग्राहरूलाई दिनुभयो, र तिनीहरूका परिश्रमको फल सलहलाई। उहाँले तिनीहरूका अंगूरका बोटहरू असिनाले, र तिनीहरूका अञ्जीरका बोटहरू तुसारोले नष्ट गरिदिनुभयो। उहाँले तिनीहरूका गाईबस्तुको बथानलाई असिनाले, र तिनीहरूका भेड़ाबाख्राको बगाललाई बिजुलीले प्रहार गर्नुभयो। उहाँले तिनीहरूलाई आफ्नो प्रचण्ड, क्रोध, कोप, रीस र शत्रुता— अर्थात् विनाशकारी दूतहरूको एक दल पठाउनुभयो। उहाँले आफ्नो क्रोधको एउटा मार्ग तयार गर्नुभयो, र तिनीहरूलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो। उहाँले मिश्रदेशका सबै ज्येष्ठ सन्तानलाई, हामका पालमा जवानीको पहिलो फललाई मार्नुभयो। तर उहाँले आफ्ना मानिसहरूलाई भेड़ाहरूलाई झैँ बाहिर निकालिल्याउनुभयो, र उहाँले तिनीहरूलाई भेड़ाको बगाललाई झैँ उजाड-स्थानको बीचबाट अगुवाइ गर्नुभयो। उहाँले तिनीहरूलाई सुरक्षासाथ डोर्याउनुभयो, यसैले तिनीहरू डराएनन्। तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।
भजनसंग्रह 78 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 78
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:40-53
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू