भजनसंग्रह 63
63
दाऊदको एउटा भजन, जब तिनी यहूदाको मरुभूमिमा थिए।
1हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
अनि म तपाईंलाई अत्यन्तै परिश्रमकासाथ खोज्दछु।
मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि
तपाईंकै निम्ति तिर्खाउँछ।
2हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
मैले तपाईंको शक्ति र महिमा देखेको छु।
3तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ।
मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
4हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा,
म मेरो दुइ हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
5मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
अनि मेरो प्रफुल्लित ओंठले तपाईंकै गुण गाउँनेछ।
6म ओछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
7तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो।
म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
8मेरो प्राण तपाईंमा अल्झिन्छ,
अनि तपाईं मेरो हात समाउनु हुन्छ।
9कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन्,
तर तिनीहरू नाश हुने नै छन्।
तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
10तिनीहरू तरवारले मारिनेन्छन्।
जङ्गली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेछन्।
11तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन्,
अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्।
किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 63: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International