YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 51:1-4

भजनसंग्रह 51:1-4 NERV

हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दयालु कृपा-दृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्। परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्। मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्। म जान्दछु मैले पाप गरें। म सधैँ ती पापहरू देख्दछु। हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्।

भजनसंग्रह 51 पढ्नुहोस्