YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 41:1-6

भजनसंग्रह 41:1-6 NERV

एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशीर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ। परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ। त्यो मानिस पृथ्वीमा धन्य हुनेछ। परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा नष्ट हुन दिनु हुनेछैन। जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ। त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ। मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्। मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।” मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?” मानिसहरू मलाई हेर्न आउँछन्। तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्। तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्, अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।

भजनसंग्रह 41 पढ्नुहोस्