YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 27:1-4

भजनसंग्रह 27:1-4 NERV

हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोसैसँग डराउने छैन। दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्, अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्। तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किनभने म परमप्रभुमाथि भरोसा गर्दछु। परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”

भजनसंग्रह 27 पढ्नुहोस्

भजनसंग्रह 27:1-4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति