YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:8-15

भजनसंग्रह 25:8-15 NERV

परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ। जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ। परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ। हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्। यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ। त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ, अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्। परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ। म परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु। उहाँ सधैँ मेरो सङ्कटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

भजनसंग्रह 25 पढ्नुहोस्