YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 136:1-12

भजनसंग्रह 136:1-12 NERV

हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। देवहरूका परमेश्वरलाई प्रशंसा गरौं! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो। उहाँको स्नेहपूर्ण करूणाआ अनन्तसम्म रहनेछ। परमेश्वरले मिश्रबाट इस्राएललाई ल्याउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

भजनसंग्रह 136 पढ्नुहोस्