भजनसंग्रह 126
126
मन्दिरमा गइरहेको बेलाको भजन।
1जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
2हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
“परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
3हो, हामी अत्यन्त खुशी हुनेछौं
यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।
4परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
5एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
6त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 126: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International