YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 19

19
1कुटिलता पूर्ण शब्द प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।
2बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।
3मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
4धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै मित्रले पनि त्यागि दिन्छ।
5झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।
6धेरै मानिसहरूले शासकको निगाह खोज्छन् अनि प्रत्येकले उद्धार मानिसको साथी बन्न चाहन्छ अनि असल मानिसको मित्र हुन चाहन्छ।
7गरीब मानिस सित आफन्तहरू पनि टक्‌टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।
8बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैँ उन्नति गरिरहन्छ।
9एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।
10मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमार माथि शासन गर्नु हुँदैन।
11ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ, अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।
12राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।
13मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडा़लु पत्नी तप-तप पानी चुहुने घर जस्तै हो।
14धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।
15अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।
16जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।
17गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता दिनु हुनेछ।
18सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ, नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
19यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।
20उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
21मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ तर त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।
22विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।
23परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन् अनि दुःखले उसलाई छुन सक्दैन।
24एकजना अल्छेले उसको हात भाँडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।
25मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।
26जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।
27हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्‌यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।
28झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरूद्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।
29जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ, उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।

अहिले सेलेक्ट गरिएको:

हितोपदेशको पुस्तक 19: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्