एकजना साँच्चो गवाहीले साँच्चो बोल्छ, तर झूटो गवाहीले सधैँ झूटो नै बोलिरहन्छ। एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ। मूर्खको संगतबाट तिमी सधैँ टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ। ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ। पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ। यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ। एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ। त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ। कुनै मानिस यदि उसको मनमा पीर भए पनि हाँसिरहनु सक्छ, तर हाँसी सक्दा पनि उसको पीर रहिरहन्छ। एकजना दुष्ट मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ।
हितोपदेशको पुस्तक 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेशको पुस्तक 14:5-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू