साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ। खिल्ली उड़ाउने व्यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ। मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्यसका ओठमा ज्ञानको कुरो पाइँदैन। समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो। पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उड़ाउँछ, तर ईमानसँग चल्नेहरूका माझमा सद्भाव पाइन्छ। मनको तीतोपन मनले नै जान्दछ, र त्यसको आनन्द अरू कसैले भोग गर्न सक्दैन। दुष्टको घर भत्काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ। कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ। बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ, र भला मानिसलाई आफ्नो कामको प्रतिफल दिइनेछ।
हितोपदेश 14 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 14:5-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू