YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 14:29-33

हितोपदेशको पुस्तक 14:29-33 NERV

धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसा उँछ, उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ। शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले शरीरको हड्डी सम्म मक्काउँछ। जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ उसले गरीबलाई दया देखाउँछ। एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ। ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।