यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माण घरहरू प्रशस्त थिएनन्। यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।
यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।) तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः
परोशका कुलहरू 2,172 शपत्याहका कुलहरू 372 आरहका कुलहरू 652 पहात-मोआबका कुलहरू अर्थात येशूअ अनि योआबका कुलहरू 2,818 एलामका कुलहरू 1,254 जत्तूका कुलहरू 845 जक्कैका कुलहरू 760 बिन्नूईका कुलहरू 648 बेबैका कुलहरू 628 अज्गादका कुलहरू 2,322 अबोनीकामका कुलहरू 667 बिग्बैका कुलहरू 2,067 अदीनका कुलहरू 655 आतेरका अर्थात हिज्याहका कुलहरू 98 हशूमका कुलहरू 328 बेसैका कुलहरू 324 हारीमका कुलहरू 112 गिबोनका कुलहरू 95 बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188 अनातोत शहरका मानिसहरू 128 अज्मावेत शहरका मानिसहरू 42 किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743 रामा अनि नेबा शहरहरूका मानिसहरू 621 मिक्मास शहरका मानिसहरू 122 बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123 अर्को नेबो शहरको मानिसहरू 52 अर्को एलाम शहरको मानिसहरू 1,254 हारीम शहरका मानिसहरू 320 यरीहो शहरका मानिसहरू 345 लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721 सना शहरका मानिसहरू 3,930
पूजाहारीहरूः
यदायाहका कुलहरू अर्थात 973 इम्मेरका कुलहरू 1,052 पशहूरका कुलहरू 1,247 आरीमका कुलहरू 1,017
लेवीहरूः
येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74
गवैयाहरूः
आसापका कुलहरू 148
द्वारपालहरूः
शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू 138
मन्दिरका सेवकहरूः
सीहा, हसूपा, तब्बाओत।
केरोस, सीआ, पादोन।
लबान, हगाबा, सल्मै।
हानान, गिदूदेलका, गहर।
रायाह, रसीन, नेकादा।
गज्जाम, उज्जा, पसेह।
बेसै, मुनीम, नापीश।
बक्बुक, हकूपा, हर्हूर।
बस्लीत, महीदा हर्शा।
बर्कोस, सीसरा, तेमह।
नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन्।
सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा
याला, दर्कोन, गिददेल।
शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।
शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392
मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अद्दोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।
दलायह, तोबियाह अनि नकोदाका कुलहरू 642
पूजाहारीहरूमा होबायाह, हक्कोस अनि बर्जिलैका सन्तानहरू थिए।
(त्यो मानिसहरू जसले गिलादबाटको बर्जिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो।)
तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए। प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।
सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए। त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए।
केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए। केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे। अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।
जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।