नहेम्याहको पुस्तक 5
5
नहेम्याहले गरीबहरूलाई सहायता गरे
1अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले। 2कोही भन्दै थिए, “हामी आफ्ना छोरा अनि छोरीहरूसित धेरै छौं। यसर्थ हामीलाई केही अन्न दिनु होस् जसद्वारा हामी खाएर जीवित रहन सकौं।”
3अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहरू, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दक#5:3 बन्दक पैसा ऋण काढ्ने एक तरिका, आफूले ऋण लिनलाई बस्तुहरू, जमीन वा घरहरूको उपयोगद्वारा प्रतिज्ञा गर्छन् यदि ऋण तिर्न तिनीहरू असमर्थ भए तिनीहरूको त्यो सम्पत्ति ऋण दिनेले लिन सक्छ। राख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”
4अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ। 5अनि अहिले जस्तो हाम्रो देशका मानिसहरूमा रगत मासु छ। हाम्रो पनि त्यस्तै हो। हाम्रा छोराहरू तिनीहरूका जस्तै छन् अनि हेर हामी हाम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी दिन वाध्य भएका छौं अनि हाम्रा छोरीहरूलाई कमारी बनाई सकिएको छ। हामी तिनीहरूको मुक्तिको लागि केही गर्न सक्तैनौ कारण हाम्रो खेती र अङ्गुर बगान अहिले अर्काको भएकोछ।”
6जब मैले तिनीहरूको उजूर अनि यी वचनहरू सुनें म अत्यन्त क्रोधित भएँ 7मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए। 8मैले तिनीहरूलाई भनें, “हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ।”
तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्। 9तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ। 10म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं। 11तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”
12तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।”
यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ। 13मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।”
त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे।
14अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं बर्ष देखि बत्तीशौं बर्ष, (करिब बाह्र बर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं। 15पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे। 16त्यसको सट्टा म स्वयंले पर्खाल निर्माण गर्न लगाएँ अनि हामीहरूले कुनै भूमि प्राप्त गरेनौं। मेरा समस्त मानिस र सेवकहरू काम गर्नका निम्ती त्यहाँ भेला भएका थिए।
17मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहरूबाट आएका मानिसहरू सहित एक सय पचासजना यहूदी अधिकारीहरू थिए। 18प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो। 19हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहरूका निम्ती मैले गरेका सबै याद गरी दिनुहोस्।
अहिले सेलेक्ट गरिएको:
नहेम्याहको पुस्तक 5: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International