YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 14:32-36

मर्कूसको सुसमाचार 14:32-36 NERV

येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।” येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो। उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।” अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्। उहाँले प्रार्थना गर्नुभयो, “ अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस्।”