भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए। यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो। यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।” यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।” यसकारण यहूदाले चाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाड्यो अनि आफैं झुण्डिएर आत्महत्या गर्यो। मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।” त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे। यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ। यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो। “तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए। परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।” येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ।” जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन। अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?” तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।
मत्तीको सुसमाचार 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 27:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू