येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्। मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए। तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो। उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्। “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
मत्तीको सुसमाचार 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 1:18-23
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू