जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।” येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढ़ले छोड्यो। येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफैं गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफू निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।” तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे। येशू प्रायः नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो। एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो। एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए। तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले। तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।” तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।” तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? कुन चाँहि सजिलो छः ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’ तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।” सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो। सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।” यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।” लेवी जुरूक्क उठ्यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो। तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे, तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?” येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”
लूकाको सुसमाचार 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 5:12-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू