दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्। हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयौं। तिमीहरूले ती दुइ एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुइ राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो। हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।
यहोशूको पुस्तक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशूको पुस्तक 2:8-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू